साम्राज्ञी भन्छिन्, ‘नयाँ नायकसँग मज्जा’


२९ जेष्ठ २०७६, बुधबार
srl

काठमाडौं, २९ जेठ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘ड्रिम्स’ बाट उदाएकी थिइन् । यो चलचित्रमा उनले निर्वाह गरेको भूमिकापछि उनको क्रेज बढेको थियो ।

साम्राज्ञीलाई यो चलचित्रले स्टार बनायो, यसपछि उनले काम गरेका केही चलचित्रमा उनको स्टारडमले केही स्टार जन्मिए ।

नायिका साम्राज्ञी आफूले नयाँ नायकहरुलाई सिकाउन पाउँदा रमाइलो लाग्ने बताउँछिन् । साम्राज्ञी भन्छिन्, ‘नयाँ नायकहरुसँग काम गर्दा मलाई रमाइलो लाग्छ । म उनीहरुलाई धेरै कुरा सिकाउँछु ।’ साम्राज्ञीले नयाँ नायकको रुपमा सलिनमान बनियाँ, धिरज मगर र अहिले अंकित शर्मासँग काम गरिरहेकी छिन् ।

साम्राज्ञीले चलचित्र ‘मारुनी’ आफ्ना लागि विशेष भएको बताउँछिन् । उनले यो चलचित्रबाट आफूले फरक स्वाद दर्शक माझ पस्किएको बताइन् । यो चलचित्र भदौको १३ गतेबाट रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७