कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएर जलाइयो वडा कार्यालयका सामाग्री


२९ जेष्ठ २०७६, बुधबार
Ward Office

जाजरकोट, २९ जेठ । जाजरकोटको नलगाड नरपालिका–१० को वडा कार्यालयको सामग्री अज्ञात समूहले जलाएर नष्ट पारिदिएको छ ।

नलगाड नगरपालिका–१० रावतगाउँस्थित वडा कार्यालयमा गए राति अज्ञात समूहले आगो लगाएर कार्यालयका कागजात, फर्निचर तथा प्राविधिक सामाग्रीहरु लगायत सबै नष्ट गरिदिएको वडाध्यक्ष भद्रवहादुर ध्यारले जानकारी दिएका छन् ।

रातको समयमा आठ–नौ जनाको समूहमा आएका व्यक्तिहरुको समूहले कार्यालयको ढोका फोरेर सबै सामाग्रीहरु बाहिर आँगनमा ल्याएर आगो लगाई दिएको वडाध्यक्ष ध्यारले बताएका छन् ।

कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर उनीहरुले कार्यालयभित्र रहेका कागजातहरु, क्यामेरा, कम्प्युटर, सोफा सेट, टेवल, मोवाइल, दराज कुर्सीहरु लगायतका समाग्रहरु जलाई दिएको उनले बताए । आगो लगाउनेहरुमध्ये एक जनाले सटगन जस्तो हतियार बोकेको पनि वडाध्यक्ष ध्यारले जानकारी गराएका छन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी स्यामवहादुर खत्रीले वडा कार्यालयमा आगो लगाउनेको पहिचान हुन नसकेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७