तैमुरका कारण फेरियो करिना-सैफको दैनिकी


२९ जेष्ठ २०७६, बुधबार
Saif

काठमाडौं, २९ जेठ । बलिउड नायक सैफअली खान कुनै समय बलिउडमा निकै खोजिने र रुचाइएको नाम हो । उनी लगातार चलचित्रमा काम गरिरहेका छन् । सैफलाई ‘भूत पुलिस, जवानी जानेमन, तन्हाजी’ लगायत चलचित्रमा दर्शकले देख्न पाउने छन् ।

सैफले आफूलाई ८ बजेपछि सुटिङ गर्न मन नलाग्ने बताएका छन् । हालै एक मिडियामा दिएको अन्तरवार्तामा उनले यो कुरा बोलेका हुन् । उनले भने, ‘मलाई ८ बजेपछि काम गर्न मन लाग्दैन । किनभने ८ बजे भन्दा पछाडि म घर गएन भने मेरो छोरा सुतिसकेको हुन्छ । उसले मसँग घुलमिल हुने समय नै पाउँदैन ।’

सैफअली आफूले अभिभावकको महत्व बुझेको बताउँछन् । ‘मेरो बाबा क्रिकेटर हुनुहुन्छ । आमा कलाकार । उहाँहरुसँग मलाई दिने समय नै हुन्न थियो । त्यो बेला मैले महसुस गरेको कुरा हो कि बच्चाले सानो उमेरमा धेरै नै अविभावकको साथ माग्छ ।’

उनले आफू छोराको खुशीमै आफ्नो खुशी देख्ने बताउँछन् । सैफअली खानकी श्रीमती तथा नायिका करिना कपुर पनि ढिलो समयसम्म काम गर्न रुचाउँदिनन् । उनले केही समय अगाडि भनेकी थिइन्, ‘मलाई ढिला समयसम्म काम गर्न मन पर्दैन, किनभने घरमा मेरो छोराले मलाई कुरिरहेको हुन्छ ।’ सैफअली र करिना दुबै असल आमा–बुबा बन्न चाहन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७