५७ लाख रुपैंयाँसहित भारतीय नागरिक पक्राउ

मोटरसाइकलको हेलमेट–डिक्कीदेखि कम्मर र पाइन्टको जाँङ्गसम्म भेटियो पैसाको ‘बिटा’


२९ जेष्ठ २०७६, बुधबार
money 1

बारा, २९ जेठ । ५७ लाख ७९ हजार ४९० रुपैंयाँ स्रोत नखुलेको रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका–७ स्थित दशजगा क्षेत्रबाट स्रोत नखुलेको ५७ लाख ७९ हजार ४९० नेपाली रुपैंयाँँसहित भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिएका छन् ।

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुबै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्त्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको जनाइएको छ ।

उनलाई पक्राउ गरी बरामद नगद रूपैयाँसहित आवश्यक छानबिन एवम् कार्वाहीका लागि सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७