टिप्परको ठक्करबाट पत्रकारको मृत्यु, चालक फरार


२९ जेष्ठ २०७६, बुधबार
gelang

सुर्खेत, २९ जेठ । टिप्परको ठक्करबाट सुर्खेतमा एक जना पत्रकारको ज्यान गएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित लोखेमा बा ५ ख १६८३ नम्बरको टिपरको ठक्करबाट भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार पत्रकार नन्दबहादुर गेलाङको ज्यान गएको हो ।

मृत्तक गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’ का सम्पादक तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव हुन् ।

छिन्चुबाट मेहलकुनातर्फ जाँदै गरेका गेलाङको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको टिपरले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईले जनाएका छन् ।

घटनापछि टिपर चालक फरार रहेको प्रहरी निरीक्षक चौलागाईले बताए । प्रहरीले चालकको खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७