श्रम स्वीकृतिको शुल्क अब २८ वाणिज्य बैंकबाट तिर्नुपर्ने


२९ जेष्ठ २०७६, बुधबार
bank 1

काठमाडौं, २९ जेठ । वैदेशिक रोजगारीका लागि जानेहरुले श्रम स्वीकृति वापतको शुल्क अब वाणिज्य बैंकमार्फत तिर्नु पर्ने भएको छ ।

वैदेशिक रोजगारीमा जाँदा सबैले लिनैपर्ने श्रम स्वीकृति र नवीकरणलगायतका सेवाको शुल्क अब २८ वटै वाणिज्य बैंकमार्फत तिर्ने व्यवस्था सरकारले गर्न लागेको छ ।

यसअघि सात वटा वाणिज्य बैंकले मात्रै वैदेशिक रोजगार बोर्डबाट अनुमति लिएर काम गर्दै आएकोमा बोर्डले १५ दिने सूचना जारी गर्दै ‘क’ वर्गका सबै वाणिज्य बैंकलाई सेवा सञ्चालनका लागि निवेदन दिन आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकसँग छलफल गरेर बोर्डले सबै वाणिज्य बैंकलाई वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाको शुल्क लिन सक्ने व्यवस्था गर्न लागेको हाे ।

सीमित बैंकमार्फत मात्र श्रम स्विकृती लगायतका सेवाको शुल्क तिर्नुपर्दा बैंकिङ समयभन्दा अघिनै सेवाग्राहीको लामो लाईन लाग्ने गरेको थियो । सबै वाणिज्य बैंकले यस्तो सुविधा दिएमा सेवाग्राहीलाई सहज हुने बोर्डको विश्वास छ ।

बैंकले आगामी असार १० गतेसम्ममा वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा सेवा सञ्चालनको लागि निवेदन दिनुपर्ने जनाएको छ ।

notice

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७