सुपुर्दगी विधेयकका कारण हङकङमा भड्कियो हिंसा, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार


२९ जेष्ठ २०७६, बुधबार
hongkong 2

काठमाडौं, २९ जेठ । हङकङमा प्रस्तावित नयाँ सुपुर्दगी कानुनविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ ।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि रबरका गोली र अश्रुग्याँस प्रहार गरेको छ । हङकङमा दशकौंयता पहिलोप टक प्रदर्शनकारीमाथि रबरको गोली प्रहार भएको हो । प्रस्तावित विधेयकमाथि छलफल हुनुअघिको प्रदर्शन हिंसात्मक बनेको हो ।

हङकङका नागरिकलाई चीन सुपुर्दगी गर्ने प्रावधान भएको विधेयकको विरोधमा हजारौं मानिस सडकका उत्रिएका हुन् । उनीहरुले हङकङका मुख्य सडकहरु बन्द गरेका छन् भने सरकारी भवन घेरा हालेका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि समेत प्रहार गरेका छन् ।

प्रहरी कमिस्नर स्टेफन लो वाई चाङले प्रहरीसँगको झडपलाई दङ्गा भन्दै यो दण्डनीय हुने बताएका छन् । विधेयकले हङकङका नागरिकलाई मुद्दाको पुर्पक्षका लागि चिनियाँ मुख्य भूभागमा पठाउन सकिने व्यवस्था गरेकोमा हङकङका व्यवसायीहरूले पनि विरोध गरेका छन् ।

विरोध हुँदाहुँदै पनि बेइजिङनिकट विधायन परिषद्ले पारित गर्ने अपेक्षा गरिएको छ । सुपुर्दगी विधेयकलाई लिएर सन् १९९७ मा बेलायतले हङकङ चीनलाई फिर्ता दिएपछिकै सबैभन्दा ठूलो विरोध प्रदर्शन भएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७