विवाहपछि फेरि एक साथ स्क्रिनमा रणवीर-दीपिका


२९ जेष्ठ २०७६, बुधबार
dipika

काठमाडौं, २९ जेठ । रणवीर सिंह र दीपिका पादुकोणको जोडी स्क्रिनमा सबैभन्दा बढी रुचाइएको जोडीमध्ये एक हो । रामलीला, बाजिराओ मस्तानी, पध्मावतलगायत चलचित्रबाट आफूलाई अब्बल जोडीको रूपमा स्थापित गरेका छन् ।

पुनः फेरि एकसाथ काम गरेको हेर्न पर्खेर बसेका दर्शक र फ्यान फलोअर्सका लागि आफ्नो वैवाहिक जीवनपछिको पहिलो चलचित्र ‘८३’ लिएर आउँदै छन् । चलचित्र २०२० को अप्रिल १० मा रिलिज हुने भनिएको छ । सन् १९८३ मा भारतले विश्वकप जितेको सत्य कथामा आधारित यस चलचित्रको छायाङ्कनको लागि दीपिका लण्डनमा छिन् ।

चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निभाउँदै छन् भने दीपिका कपिल देवकी पत्नीको । कबिर खानको निर्देशनमा बन्ने चलचित्रमा रणवीर र दीपिकाका साथमा एमी विर्क, ताहिर राज भसिन, साकिब सलिम, साहिल खट्टर, चिराग पाटिल, हार्डी संधूलगायतका कलाकारको पनि अभिनय रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७