महोत्तरी–४ मा संघीय फोरमका डा. सुरेन्द्र यादव विजयी


प्रकाशित मिति : December 11, 2017

गौशाला : महोत्तरी क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका डा. सुरेन्द्र यादव विजयी भएकाे बताएका छन् । 

मंगलबार सार्वजनिक भएको मतपरिणमानुसार डा. यादवले १८ हजार ३५३ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेन्द्रकुमार रायले १३ हजार २५ मत ल्याए । यस क्षेत्रको प्रदेशसभातर्फ दुवैको नजिता यसअघि नै आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्