महिला विश्वकप : जर्मनीसँग स्पेन पराजित
काठमाडौं, ३० जेठ । फिफा महिला विश्वकपमा जर्मनीले लगातार दोस्रो जीत निकालेको छ । बुधबार राति भएको खेलमा जर्मनीले स्पेनलाई एक शून्य गोलले हरायो ।
फ्रान्समा भएको खेलमा समूह बी अन्तर्गत जर्मनीको जितमा सारा डाब्रिजको एक मात्र गोल निर्णायक बन्यो । निकै प्रतिष्पर्धात्मक बनेको खेलको ४२ औं मिनेटमा साराले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलले पछि परेको स्पेनले दोस्रो हाफमा खेलमा फर्कन पर्याप्त मौका पाएको थियो । तर उसले जर्मनीको डिफेन्सलाईन क्लियर गर्न सकेन । स्पेनले दुई वटा उत्कृष्ट मौका पाए पनि गोल गर्नबाट चुक्यो ।
यो जितले जर्मनीको दुई खेलमा ६ अंक भएको छ । यसका साथै जर्मनी समूह बी शीर्ष स्थानमा उक्लिएको छ । स्पेनको दुई खेलमा तीन अंक रहेको छ । एजेन्सी