कारको ठक्करबाट सेनाका लेस नायकको मृत्यु


३० जेष्ठ २०७६, बिहीबार
car and motorcycle accident कार र मोटसाइकल दुर्घटना cover 1

मकवानपुर, ३० जेठ । मकवानपुरको भिमफेदी गाउँपालिकाको भैसेसामरी पुल नजिकै कारले मोटरसाइकलाई ठक्कर दिंदा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौंडाबाट भैसेतर्फ गइरहेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिंदा मोटरसाइकल चालक सुपारेटार ब्यारेकका लेस नायक पदमा कार्यरत ३० वर्षीय विवेश तामाङको ज्यान गएको हो ।

कारको ठक्करबाट गम्भीर घाइते तामाङलाई उपचारका लागि काठमाडौ लगिएको थियो । उनको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

ठक्कर दिने कार तथा कार चालक भक्तपुर सूर्यविनायक बस्ने ३४ बर्षीया सुजिता श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७