किराती जात होइन सभ्यता हो :प्रचण्ड


३० जेष्ठ २०७६, बिहीबार
kirati

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले किराँतीहरुलाई एउटा जातमात्रै अथवा एउटा जातिमात्रै भनेर बुझ्नु गल्ती हुने बताएका छन् ।

बुधबार राष्ट्रिय नाचघर जमलमा आयोजित यलम्बर सांस्कृतिक सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘किराती एउटा सभ्यता हो, किराती एउटा संस्कृति हो । किराती नेपाल हो । किरातीविना अहिलेको काठमाडौं कल्पना पनि गर्न सकिँदैन । किराती भन्दा साम्प्रदायिकताको गन्ध देख्नु त्यो भयानक दृष्टिदोष मात्रै होइन, यथार्थप्रति गरिने निकै ठूलो भूल पनि हो भन्ने मलाई लाग्छ ।’

यलम्बरले खाली किरातीहरुका लागिमात्रै होइन, नेपाल राष्ट्रको सभ्यता, नेपाल राष्ट्रको शासन प्रणाली, नेपालको एउटा सांस्कृतिक अभियान सबैमा उनको योगदान गरेको बताए ।

युद्ध अझै बाँकी छ, मैले धेरै बोल्नु अहिले उचित छैन

प्रचण्डले लडाइँ जिते पनि युद्ध जित्न बाँकी रहेको बताएका छन् । उत्पीडित वर्ग, उत्पीडित क्षेत्र, उत्पीडित जाति, लिंग समुदाय अहिले पनि अधिकार सम्पन्न नभएको उनको भनाई छ । जमलमा आयोजित यलम्बर सांस्कृतिक सम्मान कार्यक्रममा बोल्दै प्रचण्डले तर परिस्थितिको कारणले बोल्न उचित नहुने बताए ।

prachanda 1

प्रचण्डले भने, ‘लडाइँ हामीले जितेकै हो, तर युद्ध जित्न बाँकी छ । म अहिले सबै कुरा त भन्न सक्दिनँ, समयको कारणले पनि र परिस्थितिको कारणले पनि । मैले धेरै कुरा बोल्नु अहिले त्यत्ति उचित पनि छैन । म बोल्न पनि सक्दिनँ । तर, यो धेरै मार्मिक कुरा छ ।’

अध्यक्ष प्रचण्डले अबको युद्ध शान्तिपूर्ण हुने बताए । उनले भने, ‘उत्पीडित वर्ग, उत्पीडित क्षेत्र, उत्पीडित जाति, लिंग समुदाय अहिले पनि सम्पूर्ण रुपले पहिचानयुक्त, अधिकारयुक्त भइसकेको स्थिति छैन । त्यसकारण हाम्रो लडाइँ फेरि पनि जारी छ । शान्तिपूर्ण ढंगले, राजनीतिक तवरले फेरि पनि त्यो प्रक्रिया जारी छ ।’

यो युद्धका लागि वैचारिक आस्था, राजनीतिक मिसन र सांस्कृतिक अभियानलाई निरन्तर जारी राख्नुपर्ने उनको भनाई छ ।

‘प्रचण्डभन्दा म सिंगै नेपालको छोरोजस्तो लाग्छ’
अध्यक्ष प्रचण्डले सबै जातजाति, क्षेत्र, लिंग, समुदाय उत्पीडनमा परेका सबै को पहिचान, सबैको अधिकार, न्याय, समानता र सबैको स्वतन्त्रताका निम्ति लडेको एउटा योद्धाको अनुभूति र गौरब हुने गरेको बताए ।

भने, ‘मलाई पुष्पकमल दाहाल भन्दा एउटा जाति विशेषको असाध्यै सीमित र संकीर्ण घेराभित्रको पारिएको जस्तो महसुस हुन्छ । प्रचण्ड भन्दा सिंगै नेपालको छोरो जस्तो लाग्छ ।’

प्रचण्ड भन्दा गर्ववोध हुने गरेको प्रचण्डको भनाई थियो । भने, ‘यसमा मेरो असली भूमिका र जिम्मेवारीलाई उधृत गरिएको छ । मलाई पुष्पकमल दाहाल मात्रै भन्यो भने कहीँ न कहीँ फेरि पुरानै राज्यतिर, पुरानै समाजतिर, पुरानै संस्कृतितिर, पुरानै परम्परातिर फर्काउन बल गरिएको जस्तो महसुस हुन्छ । यद्यपि त्यो मान्छे म एउटै हो ।’

यलम्बर सांस्कृतिक सम्मानबाट तीन कालकार सम्मान
‘यलम्बर सांस्कृतिक सम्मान’ले वरिष्ठ कबी तथा साहित्यकार भूपाल राई र गायक कुबेर राईलाई दुई लाख दश हजार राशिको सांस्कृतिक सम्मान गरेको छ। मेलिना राईलाई यलम्बर नब९सांस्कृतिक सम्मान ३० हजारले गरेको हो ।

62524546 2251739501579594 3179647817752772608 o

उक्त सांस्कृतिक कार्यक्रममा शम्भु राई, , डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई,, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु दिएको हो ।  आयोजक संस्थाका संयोजक राकेश किरातीले कार्यक्रम सफल पार्ने सहयोग गर्ने र उपस्थित हुने सबैलाई धन्यवाद दिए ।

m

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७