गृह सचिव प्रेमकुमार राई मुख्य सचिव बन्दै


३० जेष्ठ २०७६, बिहीबार
Prem Rai

काठमाडौं, ३० जेठ । सरकारले गृह सचिव प्रेमकुमार राईलाई मुख्य सचिव बनाउने भएको छ ।

राईलाई प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणबाट फर्कने बित्तिकै मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

गत साताको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण अफ्रिका र दक्षिण कोरियामध्ये एक देशको राजदूत पद रोजेर मार्ग प्रशस्त गर्न सुझाव दिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह सचिवको जिम्मेवारी दिएर गृह सचिवलाई मुख्य सचिव बनाउने प्रमको योजना छ ।

गृह मन्त्रालय माओवादीको पोल्टामा परेपछि प्रेमकुमार राईलाई प्रधानमन्त्री ओलीले गृह सचिव बनाएर पठाएका थिए । राई प्रधानमन्त्रीका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७