यस्तो छ उपासनाको घान्द्रुक बसाई


३० जेष्ठ २०७६, बिहीबार
upasnaa

काठमाडौं, ३० जेठ । नायिका उपासनासिंह ठकुरी अहिले चलचित्र ‘कबड्डी ३’ को छायांकनमा व्यस्त छिन् । रामबाबु गुरुङ निर्देशित यो चलचित्रमा दयाहाङ राई, कर्मा, रिश्मा गुरुङलगायतका पनि मुख्य भूमिका छ ।

चलचित्रमा नायिका उपासनासिंह ठकुरी नायक कर्माको प्रेमिकाको भूमिकामा देखिदै छिन् । पोखरा र घान्द्रुकको लोकेशनमा उनले अभिनय गरेकी छिन् । नायिका उपासना सिंहले चलचित्र ‘क्याप्टेन’ बाट चलचित्र क्षेत्रमा आफूलाई प्रवेश गराएकी हुन् । पहिलो चलचित्रसँगै उनले लोभलाग्दो सफलता पनि पाएकी छिन् । सोही सफलताका कारण उनलाई दोश्रो चलचित्रको रुपमा ‘कबड्डी’ को तेश्रो सिरिज ‘कबड्डी ३’ मिलेको छ ।

नायिका ठकुरीले घान्द्रुकको रमणीय लोकेशनका केहि तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । दोश्रो चलचित्रले पनि करिअरमा निकै फाइदा पुग्ने उनले विश्वास गरेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७