प्रभास र श्रद्धाको ‘साहो’


३० जेष्ठ २०७६, बिहीबार
shoho

काठमाडौं, ३० जेठ । ‘बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभास अभिनित नयाँ चलचित्र ‘साहो’ को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ ।

गुल्सनकुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा प्रभास र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ ।

चलचित्रको टिजरमा एक्सनलाई प्राथमिकता दिइएको छ । नायक प्रभासको यो अवतारले दर्शकलाई उत्साहित बनाएको छ । चलचित्रको कथावस्तुको बिषयमा टिजरमा खासै केही खुलाइएको छैन । यो चलचित्रलाई भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको छ ।

प्रभासले साउथको बजारसँग बलिउडमा पनि हंगामा मच्चाउने तयारी गरेका छन् । यो चलचित्र अगष्ट १५ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७