मत परिणाम आउन बाकीं ९ क्षेत्रमा पनि एमालेकै अग्रता, यस्तो छ ताजा मतपरिणाम


२५ मंसिर २०७४, सोमबार
uml

काठमाडौं  : दुई चरणमा भएको प्रतिनिध र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फको नतिजा आउन अब ९ क्षेत्रको मात्र बाकीँ छ ।९ वटा क्षेत्रमध्ये ५ वटा क्षेत्रमा नेकपा एमाले अग्रस्थानमा छ। ३ क्षेत्रमा राष्ट्रिय जनता पार्टी नेपाल अगाडि रहँदा १ क्षेत्रमा माओवादी केन्द्र अगाडि छ।uml
१६५ क्षेत्रमध्ये १५६ को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। मतपरिणाम अनुसार एमालेले प्रतिनिधितर्फ ७७ स्थान र प्रदेशसभातर्फ १५९ स्थानमा विजय हासिल गरेको छ।
त्यसैगरी माओवादीले प्रदेश सभातर्फ ३४ र प्रदेशसभातर्फ ६६ स्थानमा जित हासिल गरेको छ भने कांग्रेस २१ प्रतिनिधि र ३९ प्रदेशसभातर्फ जितेको छ।
संघीय समाजवादी फोरम प्रतिनिधितर्फ १० र प्रदेश सभातर्फ २२ स्थानमा विजयी भएको छ। राजपाले ९ प्रतिनिधि र १५ प्रदेशसभातर्फ जित हासिल गरेको छ । नयाँ शक्तिले प्रतिनिधिमा १ र प्रदेश सभामा २ स्थानमा जितेको छ भने राष्ट्रिय जनमोर्चाले प्रतिनिधिमा १ र प्रदेश सभातर्फ २ स्थानमा जित हासिल गरेको छ।

कञ्चनपुर ३
एमाले, दीपक प्रसाद भट्टः २२८७८
नेपाली कांग्रेस रमेश लेखकः २२८१२

अर्घाखाँची
माओवादी केन्द्र, टोपबहादुर रायमाझीः ४५७४७
नेपाली काँग्रेस डा. रामबहादुर बिसी ३१०९२

स्याङजा -१
नेकपा एमाले, नारायणप्रसाद मरासिनीः २३१५
नेपाली कांग्रेस, राजु थापाः १८२८

स्याङजा २
नेकपा एमाले, पद्माकुमारी अर्यालः ८८७८
नेपाली कांग्रेस, गोपालमान श्रेष्ठः ६७४०

सुनसरी ३
नेकपा एमाले, भगवती चौधरीः २९३२६
नेपाली कांग्रेस, विजय कुमार गच्छदारः २९१७१

सर्लाही १
नेकपा एमाले, ध्रुवप्रसाद गौतमः २०९९९
राष्ट्रिय जनता पार्टी नेपाल प्रमोद शाहः २०४२४

सर्लाही २
राष्ट्रिय जनता पार्टी नेपाल, महिन्द्र राय यादवः २७५३२
नेपाली कांग्रेस, जंगीलाल रायः १७५८२

सर्लाही ४
राष्ट्रिय जनता पार्टी नेपाल, राकेशकुमार मिश्रः १६३१८
नेपाली काँग्रेस, अमरेश कुमार सिंहः १५९३६

कैलाली १
राष्ट्रिय जनता पार्टी नेपाल, रेशम कुमार चौधरीः २३६४४
नेकपा एमाले, मदन कुमारी शाहः ९२६६

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७