शुक्रबारदेखि चलचित्र ‘पायल’ को छायाङ्कन हुँदै


३० जेष्ठ २०७६, बिहीबार
payal

काठमाडौं, ३० जेठ । राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘पायल’ निर्माण मुहुर्त गरिएको छ । चलचित्रको भोलि (शुक्रबार) देखि काठमाडौंका विभिन्न ठाउँमा छायाङ्कन शुरु हुने कार्यक्रममा जानकारी दिइएको छ ।

थ्रिलर जनरामा बन्ने चलचित्रलाई दिनेश लिङ्देनले निर्देशन गर्दैछन् । लिङ्देनकै कथा रहेको चलचित्रले समाजमा विद्यमान समस्या र आपराधिक घटनाहरूलाई समेट्ने जनाइएको छ ।

कविता राई लिङ्देनको निर्माणमा बन्ने ‘पायल’ मा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन, नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलीप ठकुरीलगायतको अभिनय रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७