‘पासवर्ड’ मा सन्नीको आजकी साम (भिडियोसहित)


३० जेष्ठ २०७६, बिहीबार
sanny

काठमाडौं, ३० जेठ । भदौ २७ गतेमा रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजकी साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् ।

गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमरजीत सिंहको छायांकन छ ।

भिडियोमा नायिका सन्नी लियोनी र चलचित्रका मुख्य कलाकार अनुपविक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । चलचित्रमा वुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडालगायतको पनि अभिनय छ ।

हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=zRhzB7Zk3k0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७