‘८३’ मा दीपिकालाई १४ करोड पारिश्रमिक अफर


३० जेष्ठ २०७६, बिहीबार
dipika 1

काठमाडौं, ३० जेठ । बलिउड नायिका दीपिका पादुकोण चलचित्र ‘छप्पक’ को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा दीपिकाले एसिड पीडित युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

केही दिनअघि मात्र दीपिकाले नायक रणवीर सिंहसँग नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको थियो । यस चलचित्रमा रणवीरले क्रिकेटर कपिल देवको भूमिका निर्वाह गर्दैछन् भने दीपिका कपिल देवको श्रीमती बन्दैछिन् । अहिले रणवीर कपिल देवको भूमिका निर्वाह गर्नको लागि क्रिकेट सिकिरहेका छन् । यस्तैमा अहिले यो चलचित्रलाई लिएर दीपिकाको चर्चा बढेको छ । यो चलचित्रका लागि दीपिकाले लिएको पारिश्रमिकले गर्दा उनको चर्चा चुलिएको हो ।

यो चलचित्रका लागि दीपिकाले १४ करोड भारतीय रुपैयाँ बुझेकी छिन् । दीपिकालाई नै निर्माण टिमले यो रकम अफर गरेको भारतीय मिडियाले बताएका छन् । यो पारिश्रमिक नायिकाको हकमा धेरै हो । त्यसैले पनि उनको पारिश्रमिकको चर्चा हुनु स्वभाविक नै छ । दीपिका र रणवीरले भने पारिश्रमिकको बिषयमा केही पनि बोलेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७