उपमेयर कप महिला फुटबल भोलिदेखि


३० जेष्ठ २०७६, बिहीबार
mahila football

काठमाडौं, ३० जेठ । उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता भोलिदेखि शुरु हुँदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला समितिले आयोजना गर्ने प्रतियोगितामा भोलि हुने उद्घाटन खेलमा समूह ए को बाँसगढी नगरपालिका र घोराही तुल्सीपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल विहान ९ बजे एपीएफको खेल मैदानमा हुनेछ ।

शुक्रबार नै हुने अर्को खेलमा समूह सी मा चन्द्रपुर नगरपालिकाले गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ । समूह सी कै अर्को खेलमा भीमेश्वर नगरपालिकाले काठमाडौं महानगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा देशभरका गरी १६ टिमले भाग लिने छन् ।

लिगकम नकआउटको आधारमा सञ्चालन गरिने प्रतियोगितामा काठमाडौं महानगरपालिका विराटनगर महानगरपालिका, हेटौडा उपमहानगरपालिका र पोखरा महानगरपालिका रहेका छन् । घोराही उपमहानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, भीमेश्वर, धनगढी, चन्द्रपुर, वालिङ, शम्भुनाथ, पनौती, बाह्राविसे, कावासोती, विदुर, चौदन्डीगढी बाँसगढी नगरपालिका रहेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले ३ लाख पाउने छ । त्यस्तै, फेयर प्ले टिमले ५० हजार नगद प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७