माछापुच्छ्रे बैंकका नयाँ ४ शाखा र १२ शाखारहित बैंकिङ्ग सेवा


३० जेष्ठ २०७६, बिहीबार
machha pusre

काठमाडौं, ३० जेठ । माछापुच्छ्रे बैंकले प्रदेश नंं १ का सुनसरी र झापामा थप ४ शाखा कार्यालयहरु सुरु गरेको छ।

सुनसरी जिल्लाको इनरुवा स्थित शाखा कार्यालयको इनरुवा नगरपालिकाका मेयर राजन मेहता तथा चक्रघट्टी शाखा कार्यालयको बराहाक्षेत्र नगरपालिकाका मेयर निलम खनालले उद्घाटन गरे।

त्यसैगरि झापा जिल्लाको चन्द्रगढी शाखा कार्यालयको भद्रपुर नगरपालिकाका मेयर जीवन श्रेष्ठ तथा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्तरुपमा उद्घाटन गरे।

काँकरभिट्टा शाखाको उद्घाटन मेचीनगर नगरपालीकाका मेयर बिमल आचार्यले गरे। यसैगरि बैंकले देशका विभिन्न स्थानमा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ।

बैंकले तनँहु, चितवन, नवलपुर, नवलपरासी, रौतहट, सुर्खेत, बर्दिया लगायतका जिल्लामा थप १२ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध हुने बैंकको भनाइ छ।

बैंकले ११० शाखा र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२२ स्थानवाट बैंकिङ कारोबार गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७