महिला विश्वकप फुटबल : दक्षिण अफ्रिकालाई चीनले हरायो


३१ जेष्ठ २०७६, शुक्रबार
china 1

काठमाडौं, ३१ जेठ । फिफा महिला विश्वकप फुटबल प्रतियोगितामा चीनले पहिलो जित निकालेको छ । चीनले दक्षिण अफ्रिकालाई १–० ले हरायो ।

समूह बी अन्तर्गत बिहीबार राति भएको खेलमा जित हात पार्दै चीनले नकआउट चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

फ्रान्सको पेरिसमा भएको खेलमा चीनलाई जित दिलाउनका लागि लि यिङको गोल निर्णायक बन्यो । उनले खेलको ४०औं मिनेटमा गोल गरेकी थिइन् । यसअघिको खेलमा चीन जर्मनीसँग पराजित भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७