भूकम्पपीडितको लागि अमेरिकामा उठाएको सहयोगबाट विवेकशील पार्टीलाई ४० लाख चन्दा

अमेरिकामा उठाएको ५ करोड रुपैयाँमा सिटौलाले गरे यसरी भ्रष्टाचार


३१ जेष्ठ २०७६, शुक्रबार
kiran sitaula

काठमाडौं, ३१ जेठ :  भूकम्प गएको ४ बर्ष पूरा भएको छ । भूकम्प पीडित नेपालीका लागि विश्वभर सहयोग संकलन भएको थियो । त्यसरी संकलन गरिएको सहयोगको ठूलो हिस्सा भ्रष्टाचार भएका तथ्यहरु खुलिरहेका छन् ।

भूकम्प पीडित नेपालीलाई सहयोग गर्ने भनेर अमेरिकामा उठाएको ५ करोड रुपैयाँ मध्ये साढे २ करोड हिनामिना भएको तथ्य अमेरिकामै रहेका नेपालीहरुले खोल्न थालेका छन् ।

अमेरिकामा रहेका किरण सिटौलाले भूकम्पपीडितका नाममा ५ करोड सहयोग उठाए ।  त्यो रकममध्ये २ करोड ५० लाख हिनामिना गरिएको तथ्य अमेरिकामै रहेका नेपालीले गरेको रिसर्चमा देखिएको छ । ३ महिनाको रिसर्चमा नेपालका भूकम्पपीडितका लागि उठाइएको रकममध्ये आधा हिनामिना भएको देखिएको रिसर्चमा संलग्न एक सदस्यले नयाँपेजलाई बताएका छन् ।

sebs

अमेरिकास्थित टाउन अफ इन्डीएन हेडका उपमेयर किरण सिटौलाले आफ्नो फेसबुक तथा सेब्सको बेबसाइटमा पनि पनि ५ करोड रकम उठाएको विवरण सार्वजनिक भइसकेको छ । उक्त ५ करोडमा २ करोड ५० लाखको हिसाबकिताव देखाए पनि बाँकी २ करोड ५० लाखको रेकर्ड नदेखिएकाले पनि हिनामिना भएको कुरालाई पुष्टी गरेको छ ।

नयाँपेजलाई प्राप्त जानकारी अनुसार सिटौलाले खर्च गरेको २ करोड ५० लाखमा पनि ४० लाख तत्कालीन उज्ज्वल थापा नेतृत्वको विवेकशील नेपाली दललाई दिएको देखिएको छ ।

सिटौलाले भूकम्पपीडितका नाममा उठाएको रकमको २ करोड ५० लाख बुढानिलकण्ठ स्कुलको पुर्व विद्यार्थी समाजमा जम्मा भएको देखिन्छ । त्यसमध्ये ४० लाख रुपैया विवेकशील नेपालीले लिएको बुढानिलकण्ठ स्कुलको पुर्व विद्यार्थी समाज(सेब्स)को बेवसाइटमा उल्लेख छ । 

नेपालको कानुनअनुसार गैरसरकारी संस्था(एनजीओ)बाट राजनीतिक पार्टीले आर्थिक सहयोग लिन पनि पाउँदैन । सिटौलाले अमेरिकामा पैसा उठाएका हुन् । अमेरिकी कानुन अनुसार सामाजिक कार्यका लागि उठाएको रकम राजनीतिक पार्टीलाई फन्डिङ गर्न पाइँदैन । सिटौलाले अमेरिकी र नेपाली दुवै देशको कानुन उल्लंघन गरेका छन् । अमेरिकामा पैसा उठाएर नेपालमा राजनीतिक दल विवेकशीललाई दिएका छन् ।

सिटौलाले एकातिर ५ करोड रुपैयाँ उठाएर साढे २ करोड रुपैयाँ भ्रष्टाचार गरेको देखिएको छ भने अर्कोतिर भूकम्पपीडितको नाममा उठाएको रकम राजनीतिक पार्टीलाई दिएको देखिएको छ ।

बुढानीलकन्ठ स्कुलका पूर्वविद्यार्थीहरुको संस्था सेब्सको नामबाट उक्त रकम विवेकशील पार्टीलाई दिइएको छ । विवेकशीलका अध्यक्ष थापाले भ्रष्टाचारबिरुद्ध ठूला ठूला कुरा गर्दै आएका छन् । तर भूकम्पपीडितका लागि उठाएको रकमबाट पार्टी चलाउने गरेको छ ।

विवेकशील  पार्टीले नेपालको कानुन विपरीत बुढानीलकन्ठ स्कुलका पूर्वविद्यार्थीहरुको समाज सेब्स नामक एनजीओबाट उक्त सहयोग लिएको देखिएको छ । गएको प्रतिनिधिसभा निर्वाचनमा विवेकशील र साझा पार्टी एकता भई विवेकशील साझा पार्टीमा परिणत भएको थियो । पछि फेरि उज्जल थापा र रविन्द्र मिश्रबीच खटपट भई उक्त पार्टीले अलग अलग चुल्हो बनाइसकेका छन् ।

kiran sitaula

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७