‘लाल सिंह चद्दा’ मा आमिरको जोडी करिना


३१ जेष्ठ २०७६, शुक्रबार
karina

काठमाडौं, ३० जेठ । बलिउड नायक आमिर खानको क्रेज निकै राम्रोे छ । चलचित्रका लागि उनले गर्ने मिहिनेत, उनको चलचित्रले उठान गर्ने विषयवस्तु र फरक प्रचार शैलीलाई पनि धेरैले आमिरलाई मन पराउँछन् ।

अहिले उनै आमिरको प्रतिक्षित चलचित्र हो ‘लाल सिंह चद्दा’ । यो चलचित्रमा आमिर खान मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । हाल यो चलचित्रको प्रि प्रोडक्सनमा काम भइरहेको छ । यो चलचित्र ‘फरेस्ट गुम्प’ नामक चलचित्रको रिमेक चलचित्र हो ।

अहिले यो चलचित्रमा नायिका करिना कपुर खान अनुबन्धित भएको समाचारले बलिउड मिडियामा राम्रो स्थान पाइरहेको छ । बलिउड मिडियाका अनुसार चलचित्रमा करिना आमिर खानको जोडी बन्दैछिन् । यो विषयमा करिना र निर्माण पक्षले भने कुनै औपचारिक जानकारी दिएको छैन ।

निर्माण पक्ष र करिनाबीच भने चलचित्रको विषयलाई लिएर धेरै पटक छलफल भइसकेको छ । करिना पनि चलचित्रलाई लिएर सकारात्मक देखिएकी छिन् । राम्रो विषयबस्तु र राम्रो टिम पाएका कारण पनि करिन यस चलचित्रमा काम गर्न उत्साहित छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७