प्रियंका कार्कीको अभिनय खस्किँदो


३१ जेष्ठ २०७६, शुक्रबार
pramdibash

काठमाडौं, ३१ जेठ । आजबाट चलचित्र ‘प्रेमदिवस’ रिलिज भएको छ । योगेश घिमिरे निर्देशित यो चलचित्रले त्रिकोणात्मक प्रेम कथालाई प्रस्तुत गरीएको छ । चलचित्रको बिहीबार बेलुकी काठमाडौंको वीग मुभिजमा प्रिमियर पनि गरियो । प्रिमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी र पत्रकार उपस्थित थिए ।

चलचित्र ‘प्रेमदिवस’ मा नायक आयुष्मान देशराज जोशी, नायिका प्रियंका कार्की र नव–कलाकार विशाल खरेलको मुख्य भूमिका छ । चलचित्रले इलामको चिया उद्योगमा काम गर्ने युवा–युवती र उनीहरुको मालिकको कथा देखाउन खोजिएको छ ।

लेखक प्रदिप भारद्धाजले कथामा नयाँपन पस्कन खोजेका छन् । तर, यसलाई समात्न निर्देशकले नसकेको देखिन्छ । यसको पटकथा कमजोर रहेको छ । चलचित्रमा नायक आयुष्मान देशराजले गरेको पागल प्रेमीको अभिनय राम्रो छ । आयुष्मानको कामलाई दर्शकले तारिफ गर्छन् । उनले आफ्नो भूमिकामा न्याय गरेका छन् ।

नायिका प्रियंका कार्कीको अभिनय भने अघिल्ला चलचित्रमा भन्दा खस्किँदोे छ । प्रियंकाले काम गर्न सकिनन् या निर्देशकले गराउन जानेनन् यो उनीहरुले नै भन्ने कुरा हो । नव–नायक विशाल खरेलको अभिनय पनि कमजोर देखिन्छ । गीत संगीत चलचित्रको राम्रो छ । लोकेशनको तारिफ गर्न सकिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७