आजबाट नम्रता ३३ बर्षमा, सम्झिन् ‘राजाको वीस’


३१ जेष्ठ २०७६, शुक्रबार
namrata 1

काठमाडौं, ३१ जेठ । नायिका नम्रता श्रेष्ठ आजबाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । उनको जन्मदिनको अवसर पारेर आज काठमाडौंमा उनी अभिनित चलचित्र ‘जाइरा’ को पोष्टर रिलिज गरिएको छ ।

भदौ ६ गते रिलिज हुने यो चलचित्रमा नायिका श्रेष्ठको समेत लगानी रहेको छ । नायिका श्रेष्ठले चलचित्रको कथा मन परेकाले आफूले लगानी गरेको बताएकी छिन् ।

jaira

चलचित्रमा उनी मार्सल आर्ट खेलाडीको भूमिकामा देखिदै छिन् । नायिका श्रेष्ठले आफू ३३ बर्षमा प्रवेश गरेको बताइन् । उनले आफूलाई जन्मदिनको पहिलो वीस ‘राजा’ ले गरेको समेत बताएकी थिइन् । जाइरा चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७