अक्षय कुमारले भने, ‘मलाई अरुसँग तुलना नगर्नुहोस्’


३१ जेष्ठ २०७६, शुक्रबार
final 2 1

काठमाडौं, ३१ जेठ । बलिउड नायक अक्षय कुमार चलचित्र ‘सूर्यवंशी’ को छायांकनमा व्यस्त छन् । रोहित सेट्टीको निर्देशनमा बनेको यो चलचित्रमा अक्षयको जोडीको रुपमा नायिका कट्रिना कैफ छिन् । अक्षयले यो चलचित्रमा प्रहरी अफिसरको भूमिका निर्वाह गर्दैछन् ।

अहिले बलिउडमा अक्षयको तुलना अर्का नायक अजय देवगणसँग भइरहेको छ । रोहितको निर्देशनमा बनेको चलचित्र ‘सिंघम’ मा अजय देवगण प्रहरी बनेका थिए । उक्त भूमिकालाई दर्शकले धेरै रुचाएका थिए । अहिले पुनः रोहितको निर्देशनमा अक्षय कुमार प्रहरी बनेका छन् । त्यसैले पनि उनीहरुबीच निकै तुलना गरिएको छ ।

अक्षय कुमारले भने आफूलाई अरुसँग तुलना नगर्न अनुरोध गरेका छन् । उनले भनेका छन् ‘अजयले आफ्नो ठाउँमा राम्रो काम गरेका छन् र मैले मेरो ठाउँबाट राम्रो गर्ने कोशिस गरेको छु । त्यसैले एक अर्कामा तुलना नगरीदिनुस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७