दिपकले तताए न्यू योर्क


Author
२५ मंसिर २०७४, सोमबार

उठेको पैसाले इलामबको चुलाचुलीमा लाइबे्ररी बनाउने
न्यू योर्क । गायक दिपक लिम्बूले चर्चित गितहरु गाएर न्यू योर्कको चीसो साँझ तताएका छन् ।

deepak naya
उनले गाएको ‘मैले माया गर्न जानिन होला’, ‘मैले त्यहि भएर मन पराका’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमिले’, ‘ढल्क्यो ढल्क्यो जोबन मेरो’ जस्ता चर्चित गीतमा झुम्न हिउँले ढाकिएको सडक छिचोलेर कम्तिमा ३ सय नेपाली न्यू योर्कको उडसाइड पुगेका थिए । पहिलो नेपाली तारा समेत रहेका गायक लिम्बूले आफ्ना करिब एक दर्जन चर्चित गीत गाएका थिए ।

लिम्बूको एकल गायन कार्यक्रम किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको हो । कार्यक्रमबाट उठेको रकम इलामको चुलाचुली गाउँपालिकास्थित चुलाचुली उच्च माविमा पुस्तकालय बनाउन खर्च गर्ने चुम्लुङ अध्यक्ष दिपेश लिम्बूले बताए । ‘पुस्तकालयका अतिरिक्त विद्यालयलाई आवश्यक पर्ने अन्य भौतिक सामाग्री पनि उपलब्ध गराउने भन्ने छ,’ उनले भने ।
कार्यक्रमको शीर्षक ‘शिक्षाका लागि संगीत’ भन्ने राखिएको थियो । पुस्तकालय स्थापना भएपछि चुलाचुलीका गरिब विद्यार्थीलाई अध्ययनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

उनका अनुसार नेपाली गीत संगीत क्षेत्र र कलाकारलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा चर्चित नेपाली गीतहरुमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७