प्रहरीका चार वटा हल हुँदा-हुँदै पार्टी प्यालेसमा कार्यक्रम !


३१ जेष्ठ २०७६, शुक्रबार
police 2

काठमाडौं, ३१ जेठ । प्रहरी प्रधान कार्यालयको नयाँ भवनमा २ वटा आधुनिक हल छन् । नेपाल पुलिस क्लवमा पनि दुईवटा हल छन् । तर आफ्नै ४ वटा आधुनिक हल हुँदाहुँदै प्रहरी प्रधान कार्यालयले भर्खरै खुलेको पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेको छ ।

नेपाल प्रहरीको आयोजनामा शुक्रबारदेखि सुरु भएको ३ नम्बर, गण्डकी र ५ नम्बर प्रदेशका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन २०७६ बसुन्धरा ब्यांकेटमा बसुन्धरामा आयोजना गरिएपछि अनेक टिकाटिप्पणी भएको छ । कार्यक्रमका प्रमुख अतिथि महान्यायाधीवक्ता अग्निप्रसाद खरेल थिए ।

बसुन्धरा ब्यांकेट आइजीपी सर्वेन्द्र खनालका मित्र सुबु केसीको लगानीमा भर्खरै खोलिएको हो । जसमा आइजीपी खनालको समेत लगानी रहेको चर्चा हुने गरेको छ । आइजीपीका साथी सुबु केसीको जग्गा, हाइइड्रोपावर र क्रसरदेखि मनाङ होटलमा पनि लगानी छ । केसी खनाल आइजीपी हुनासाथ नेपालमा आएका हुन् । र, विभिन्न ब्यापार ब्यवसायमा लागेका छन् । केसीले पछिल्लो समयमा पूर्वसांसद जनार्दन ढकालको जग्गा लिजमा लिएर १२ करोड लगानीमा बसुन्धरामा पार्टी प्यालेस खोलेका हुन् ।

पार्टी प्यालेसले सोचेअनुरुप ब्यापार गर्न नसकेपछि प्रहरीका कार्यक्रम त्यहीँ गर्नका लागि निर्देशन हेडक्वाटरबाटै जाने गरेको छ । उपत्यकाका वृत्त र प्रभागका बृत्तका प्रमुखहरुलाई पनि कुनै कार्यक्रम त्यहीँ गर्न दबाब दिने गरिएको स्रोतले बतायो । महाराजगंज बृत्तका इन्स्पेक्टरले आइजीपी खुसी पार्नका लागि केही दिनअघि २ छोराको ब्रतबन्ध पनि बसुन्धरा ब्यांकेटमै गरेका थिए ।

सुबु केसीको मनाङ होटलमा पनि लगानी रहेको स्रोतले बतायो । स्रोतका अनुसार केसीको लगानी भएको मनाङ होटलमा पनि प्रहरीका कार्यक्रम गर्न दबाब पर्ने गरेको छ । ३ महिनाअघि प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले एडीबीको सहयोेगमा ७७ जिल्लाका इन्चार्ज, ७ वटा प्रदेशका ७ प्रमुख र संघीय इकाई प्रहरी कार्यालयकासमेत गरी सवा २ सय जनाको कार्यक्रम सुबु केसीकै अनुरोधमा मनाङ होटलमा गरिएको थियो । । उक्त कार्यक्रममा एसपी किरण राणाले एडीबीको पैसामा गरिएको कार्यक्रममा खाना राम्रो नभएको बरु पुलिस क्लवमै गरेको भए हुने भनेपछि डीएसपी सिताराम रिजालले माथिकै ब्यक्तिको आदेशमा भएको भनेपछि उनी चुप भएकी थिइन् ।

मनाङ होटलका अर्का संचालक देवेन्द्र गिरी हुन् । उनी सनम शाक्य हत्या र ३३ किलो सुनप्रकरणमा पक्राउ परेका भुजुङ गुरुङका पार्टनर हुन् । गुरुङ पनि मनाङ होटलका लगानीकर्ता थिए । तर सुनतस्करीमा उनी पक्राउ परेपछि उक्त होटल गिरी र सबु केसीले संचालन गर्दैआएका छन् । भुजुङ गुरुङलाई गिरीले नै फसाएर होटल हत्याएको चर्चा पनि मनाङ्गेहरुबीच हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७