नाना पाटेकरलाई ‘क्लिन चिट’


३१ जेष्ठ २०७६, शुक्रबार
TANU 1

काठमाडौं, ३१ जेठ । बलिउड नायिका तनुश्री दत्तले गत बर्ष ‘मि टू’ प्रकरणमा मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पाएको थियो ।

अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दै यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ ।

नानालाई ‘क्लिन चिट’ दिएपछि तनुश्रीले लेखेकी छिन् ‘नाना पाटेकरले पहिले पनि बलिउडका अन्य थुप्रै महिलामाथि यौन हिंसा गरेका छन् । हाम्रो मुद्दाका प्रत्यक्षदर्शी यो बिषयमा मौन बसे र झुटो प्रत्यक्षदर्शीलाई अगाडि ल्याइयो । कतिपय प्रत्यक्षदर्शीको भनाइलाई यो मुद्दामा समावेश समेत गरिएन ।’

तनुश्रीले भनेकी छिन् ‘यो कुराले मलाई आश्चर्यचकित बनाएन, किनकी म भारतकी महिला भएको नाताले यस्तो कुरामा अचम्म मान्नुपर्ने अवस्था छैन । यदि बलात्कारको मुद्दामै आलोकनाथले क्लिन चिट पाउन सक्छन् भने यौन हिंसाको मुद्दामा नाना पाटेकरले क्लिन चिट पाउनु कुनै ठूलो कुरा नै होइन । यो कुराले युवतीहरुलाई कसैको सहयोग छैन भन्ने पुष्टि गर्दछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७