कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन


३१ जेष्ठ २०७६, शुक्रबार
KUMARI BANK

काठमाडौं,३१ जेठ । कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा निर्विाचित भएका छन् ।

बैंकको विशेष साधारण सभावाट संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप ज।ब।राणा र कृष्ण प्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका छन् ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामा तथा निवर्तमन संस्थापकहरुले स्वागत गरेका छन् ।

नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप ज.ब.राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको बैंकले जनाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७