विश्वकप क्रिकेट : वेस्ट इण्डिज इङल्याण्डसँग ८ विकेटले पराजित


३२ जेष्ठ २०७६, शनिबार
eng

काठमाडौं, ३२ जेठ । वेष्ट इण्डिजलाई हराउँदै इङल्याण्ड आईसीसी विश्वकप अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा इङल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो ।

वेष्ट इण्डिजले दिएको २१३ रनको सामान्य लक्ष्य इङल्याण्डले ३३ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । इङल्याण्डको जितमा जो रुटले शतकीय योगदान दिए । आक्रामक ब्याटिङ गरेका रुटले अविजित १०० रन बनाए । उनले ९४ बलमा १०० रन बनाएका थिए । रुटको विश्वकपमा यो दोस्रो शतक हो । यसअघि पाकिस्तानविरुद्धको खेलमा उनले १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यसअघि ओपन जोनी बेयरस्टाले पनि ४५ रन बनाएका थिए । पहिलो विकेटका लागि रुट र बेयरस्टोले ९५ रनको साझेदारी गरे भने रुटले क्रिस वक्ससँग मिलेर पनि १०४ रनको साझेदारी गरे । वक्सले ४० रन बनाएका थिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए भने सिमरन हेटमेयरले ३९ रन बनाए । क्रिस गेलले पनि ३६ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । वेष्ट इण्डिजका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।

वेष्ट इण्डिजलाई सस्तैमा समेट्नका लागि जोफ्रा आर्चर र मार्क उडले तीन–तीन विकेट लिए भने जो रुटले दुई विकेट हात पारे ।

इङल्याण्डले चार खेलबाट ६ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म हार नव्यहोरेको न्यूजिल्याण्ड ७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । वेष्ट इण्डिज भने चार खेलबाट तीन अंक जोड्दै छैटौं स्थानमा छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७