जिस्काम्छे मुइयाले’ भन्दै सरोजले आश्मालाई यसरी राखे प्रेम प्रस्ताव (फोटो फिचर)


३२ जेष्ठ २०७६, शनिबार
asma sarog.pngl

काठमाडौं, ३२ जेठ । गायक सुरज श्रेष्ठको आवाजमा समावेश जिस्काम्छे मुइयाले’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएसँगै यसले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । चैतमासको हावाहुरी साउनको पानी पहिला पहिला रिसाईहाल्थी हाम्ले बोलाम्दानी लगायतका शब्दावालीमा गीत निकै नै रोमान्टिक बनेको छ ।

प्रेमी–प्रेमिकाको माया प्रेम र रोमान्सलाई मुख्य विषय बनाइएको गीतमा प्रेमिकाले मुखले नबोलाई आँखाले बोलाउने कुरा गर्दा कलाकारहरु गज्जबसँग खुलेको देख्न सकिन्छ ।

द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहानलगायतको अभिनय रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको छ भने भिडियोमा निर्देशन सरोज अधिकारीले गरेका हुन् ।
हेर्नुस् तस्विरहरु

asma sarog
asma sarog.pngl5
asma sarog.pngla

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७