कोपा अमेरिका : उपाधिको दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै पराजित


१ असार २०७६, आईतवार
Argentina

काठमाडौं, १ असार । कोपा अमेरिका २०१९ को उपाधिको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमा नै पराजित भएको छ ।

 

epa russia soccer fifa world cup 2018 100938691

नेपाली समय अनुसार आइतबार बिहान भएको समूह ‘बी’ को पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले अर्जेन्टिना पराजित भएको हो ।


निकै प्रतिष्पर्धात्मक खेलमा कोलम्बियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो । कोलम्बियालाई जित दिलाउनका लागि रोगेर मार्टिनेज र डुभान जापाताले एक–एक गोल गरे । खेलको ७१ औँ मिनेटमा मार्टिनेज गोल गर्दै कोलम्बियालाई अग्रता दिलायो । उनले हामेस रोड्रीग्वेजको लामो पासलाई उत्कृष्ट गोल गरेका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका जापाले ८६ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । उनले जेफर्सन लेर्माको पासलाई सदुपयोग गर्दै गोल गरे । थप समयमा दुवै टोलीबाट गोल हुन नसक्दा अर्जेन्टिनाले प्रतियोगितामा खराब शुरुवात गर्‍यो ।

अर्जेन्टिना रहेको समूह बी मा कतार, कोलोम्बिया र पाराग्वे रहेका छन् । अब अर्जेन्टिनाले अर्को खेलमा बुधबार पाराग्वेको सामना गर्नेछ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७