दुई तिहाइ सरकारको बजेट खर्च र राजश्व असुली गत वर्षको तुलनामा कमजोर


१ असार २०७६, आईतवार
aartha mantralaya

काठमाडौं, १ असार । दुई तिहाइको बलियो सरकारले सत्ता सञ्चालन गरे पनि बजेट खर्च गर्ने सवालमा सरकार गत वर्षभन्दा कमजोर देखिएको छ ।

बहुमतको स्थिर सरकार बनेका कारण यो वर्ष विकासले गति लिने आम अपेक्षा थियो । तर, बजेटका सबै पक्षमा सरकार गत वर्षभन्दा पनि कमजोर देखिएको हो ।

गत वर्ष जेठसम्म सरकारले चालु पुँजीगत, वित्तीय व्यवस्थापन खर्च र राजस्व असुलीमा जुन गति हासिल गरेको थियो, चालु वर्षमा यी सबै पक्षमा सरकार कमजोर देखिएको हो ।

सरकारी आय र व्ययको लेखा राख्ने निकाय महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो वर्ष जेठ ३० गतेसम्म सरकारले पुँजीगत बजेट एक खर्ब ४९अर्ब रुपैयाँ खर्च गरेको छ । गत वर्ष जेठ ३० सम्ममा पुँजीगत खर्च एक खर्ब ५९ अर्ब रुपैयाँ थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७