सुडानमा सेनाद्वारा प्रदर्शनकारी महिला बलात्कृत, सय बढी प्रदर्शनकारी मारिए


१ असार २०७६, आईतवार
sudan 2

खार्तुम, १ असार । सुडानमा लोकतन्त्रको पक्षमा सैन्य मुख्यालय बाहिर प्रदर्शनमा सहभागी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको छ ।

राजधानी खार्तुमस्थित सैन्य मुख्यालय बाहिर लोकतन्त्रको माग गर्दै प्रदर्शनमा सहभागीहरु माथि सेनाले गोली चलाएपछि भाग्ने क्रममा एक घरमा छिरेकी महिलालाई सेनाले बलात्कार गरेको खुलासा भएको हो ।

सेनाले प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्दै महिलामाथि हिंसा गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् । यद्यपी सेनाले भने यो आरोप अस्वीकार गरेको छ । उनीहरुले प्रदर्शनकारीबिरुद्ध कार्बाहीको आदेश पाएको र सोही अनुसार कार्बाही गरिए पनि यौन हिंसामा संलग्न नरहेको जनाएका छन् ।

सुडानी सेनाका प्रवक्ता शम्स अल–दिन कबासीले विपक्षीहरुले निराधार आरोप लगाएर सेनाको बदनाम गर्न खोजेको आरोप लगाएका छन् ।

यता एम्बुलेन्सका एक चालकले पनि प्रदर्शनकै क्रममा घाइते भएका महिलालाई अस्पताल लग्ने क्रममा सेनाले एम्बुलेन्समै बलात्कार गरेका बताएका छन् ।

यसैबीच, सुडानको एक ट्रमा सेन्टरमा बलात्कारमा परेका १२ जना महिलाको उपचार भइरहेको बताइएको छ । सुडानमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनका क्रममा एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । कयौं मानिसलाई नदीमा फ्याँकिएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७