सात वटै प्रदेशले बजेट ल्याउँदै, कसको कति ?

बजेटको लक्ष्य छोरी विशेष अभियानदेखि सुटिङ्ग स्पट विकाससम्म


१ असार २०७६, आईतवार
7 state nepal map

काठमाडौं, १ असार । सात वटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६–७७ को बजेट आज ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले दोस्रो पटक बजेट ल्याउन लागेका हुन् ।

सात प्रदेशको बजेटमा कहिं बेटी बचाऊ र पढाऊ अभियानलाई प्राथमिकता दिइएको छ भने कतै चलचित्र सुटिङ्ग स्पट निर्माणलाई प्राथमिकता दिइएको छ ।

सातवटै प्रदेशको कूल बजेटको आँकडा २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको हुने अनुमान छ । प्रदेश १ सरकारले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदूरपश्चिम प्रदेशले २९ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । सबै प्रदेशले कृषि, पर्यटन, पूर्वाधार निर्माण, खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।

प्रदेश १ सरकारले चालू आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर आगामी आर्थिक वर्षका लागि ४० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो ।
त्यसैगरी प्रदेश २ सरकारले चालू आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि त्यसलाई बढाएर ३५ अर्ब हाराहारीमा पुर्‍याउने बताइएको छ ।

प्रदेश ३ सरकारले चालू आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि ५० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
त्यस्तै गण्डकी प्रदेशले चालू आर्थिक वर्षका लागि २४ अर्ब रुपैयाँको बजेट ल्याएकोमा आगामी आर्थिक वर्ष ८ अर्ब बढाएर ३२ अर्बको बजेट पुर्‍याउने जनाएको छ ।

प्रदेश ५ ले पनि चालू वर्षका लागि २८ अर्बको बजेट ल्याएकोमा त्यसलाई बढाएर ३५ अर्ब हाराहारीमा पुर्‍याउने भएको छ भने कर्णाली प्रदेशले चालू आर्थिक वर्षमा २८ अर्ब २८ करोड २८ हजारको बजेट ल्याएकोमा त्यसलाई बढाएर आगामी आर्थिक वर्षका लागि ३३ अर्ब पु¥याउने भएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षमा लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएकोमा आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७