गुठी विधेयक सच्चिन्छ : प्रधानमन्त्री

‘सरकार जनताको मन दुखाउन होइन, हँसाउन बनेको हो’


१ असार २०७६, आईतवार
pm 4

काठमाडौं, १ असार । देशका अधिकांश जिल्लामा गुठी विधेयक विरुद्ध विरोधहरु प्रदर्शन भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको गुठी विधेयक सच्चिने प्रतिवद्धता जनाएका छन् ।

साताव्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गुठी विधेयकमा देखिएका कमजोरी सच्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, ‘धर्म–सँस्कृतिमा प्रतिकूल असर पर्ने खालका प्रावधानहरु जानेर या नजानेर परेका भए त्यसलाई सरकारले सच्याउँछ ।’

उनले सरकार जनताको मन दुखाउन नभई हँसाउनका लागि बनेकाले कहीं कतै केही कुराहरु नमिलेको भए त्यसलाई सच्चाएर अघि बढ्ने स्पष्ट पारे ।

गएको जेठ २५ गते युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्किएका हुन् । प्रप्रधानमन्त्री स्वदेश फर्कदा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरु, सभामुखलगायत उच्च पदस्थ पदाधिकारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७