एकै पटक विद्युतका एक हजार ५७४ कर्मचारीकाे सरुवा, को कहाँ ? (सूचीसहित)


१ असार २०७६, आईतवार
NEA 1

काठमाडौं, १ असार । नेपाल विद्युत प्राधिकरणमा एकै पटक एक हजार ५७४ सय कर्मचारीको सरुवा गरेको छ ।

प्राधिकरण व्यवस्थापनले नियमित सरुवालाई निरन्तरता दिंदै एक हजार ५७४ कर्मचारी कर्मचारीहरुलाई नयाँ कार्यालयमा खटाइएको जानकारी दिएको छ ।

२०७४ भदौमा पनि प्राधिरकणले एक हजार पाँच सय कर्मचारीको एकैपल्ट सरुवा गरेको थियो । त्यसअघि वितरण केन्द्र प्रमुखहरुको पनि सरुवा भएको थियो । २०७३ सालमा प्राधिकरणले दुई हजार पाँच सय कर्मचारीको सरुवा गरिएको थियो ।

त्यसअघि प्राधिकरणमा लामो समयसम्म पनि एउटै वितरण केन्द्र र कार्यालयहरुमा बस्ने प्रचलन ब्याप्त थियो । त्यसले गर्दा संगठित रुपमै मिलेमतोमा विजुलीको मिटर बिगारेर प्राधिकरणलाई घाटामा पुर्‍याउने प्रचलन ब्याप्त बनेको थियो । तर, कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि कर्मचारी सरुवा गरेका थिए ।

त्यस समयमा सरुवाको निर्णय फिर्ता गर्न प्राधिकरण नेतृत्वमाथि ठूलो राजनीतिक दबाव परेको थियो । कर्मचारी संगठनहरु आन्दोलित भएका थिए । यसपछि पनि नियमित सरुवालाई निरन्तरता दिने गरी प्राधिकरणले यसपटक कर्मचारीको सरुवा गरेको छ ।
कसको कहाँ सरुवा हेर्नुस् सूची

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७