बराह क्षेत्र दोस्रो मेयरकप फुटबल सुरु, उदघाट्न खेलमा बेलबारी पराजित


३२ जेष्ठ २०७६, शनिबार
barah chhera mayer cup 3

बेलबारी, ३२ जेठ । गत उप बिजेता बराहक्षेत्र फुटबल क्लब ११ चतरा सुनसरीको बराहक्षेत्र –३ नडाहामा सुरु भएको छ । दोस्रो बराहक्षेत्र मेयर कप फुटबल प्रतियोगितामा शनिवार सुरु भएको हो ।

उदघाट्न खेलमा बराहक्षेत्र ११ र बेलबारी फुटबल क्लब मोरङबीच भएको खेल भए । खेलमा बराहक्षेत्र ११ चतराले १–० गोलले बेलबारी फुटबल क्लब लाई पराजित गरे ।

एभरेष्ट फुटबल क्लबको खेल मैदानमा भएको अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा बेलबारी फुटबल क्लबका राज कुमार राईले गोल गर्ने मौका घुमाएका थिए । बराहक्षेत्र ११ का खेलाडी समीर लिम्बुले दिएको पास लाई जर्सी नम्बर ११ आकाश राईले सदुपयोग गर्न चुकेका थिए ।

barah chhera mayer cup 2 barah chhera mayer cup 1 barah chhera mayer cup 4पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा बेलबारीका खेलाडीले गोल गर्ने धेरै अवसर पाए पनि गर्न सकेन् । बराहक्षेत्र ११ चतरा गोलरक्षक बिनय श्रेष्ठ बाधक बन्दा बेलबारीका खेलाडीका केही प्रहार गोल हुने कुनै अवसर दिएन ।

त्यस बिपरित बराहक्षेत्र ११ चतराले गोल गर्ने थुप्रै अवसर गुमाएका थियो। खेलको नतिजा टाइब्रेकरमा लैजाने अन्तिम केहि सेकेन्ड बाकी रहन्दा गरेको सुन्दर प्रहार जाली चुमेपछी खेलले अर्को मोड लिएको थियो ।

बराहक्षेत्र ११ चतराका समीर लिम्बूले राम्रो पर्दशन गरे । अन्तिम समयमा १ गोल गरेका उनी म्यान अफ द म्याच समेत घोषित भए । उनलाई नगद २५ सय रुपैयाँसहित ट्रफि प्रदान गरे ।

एभरेष्ट फुटबल क्लबका अध्यक्ष मधुसुधन भट्टराईको सभापति रहेको प्रतियोगितामा १ नम्बर प्रदेश सामाजिक बिकास माननीय मन्त्री जिबन घिमिरेको प्रमुख अतिथि रहेको कार्यक्रम कार्य व्यवस्थाले गर्दा उपस्थित नभए पछि बराहक्षेत्र नगर प्रमुख निलम खनालको बिशेश अतिथि रहेका थिए खनाललेनै उदघाट्न गरेका थिए ।

आइतबार हुने खेल एपिफ झापा र शान्तिनगर फुटबल क्लब इटहरी बीच आमने सामने हुनेछन् ।
प्रतियोगिताका बिजेताले रु. १ लाख २५ हजार र उपविजेताले रु. ७५ हजार साथै ट्रफी तथा मेड्ल प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७