सोमालियामा प्रहरीको गस्ती गाडीमा विष्फोट, आठ प्रहरीको मृत्यु


१ असार २०७६, आईतवार
somaliya

मोगादिसु, १ असार । सोमालियामा प्रहरी चढेको गाडीलाई लक्षित गरी गराइएको विष्फोटमा परी आठ प्रहरीको ज्यान गएको छ ।

सोमालियाको वाजिर काउन्टीमा सीमा गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी बिष्फोट गराइएको हो । गाडीमा ११ जना प्रहरी सवार रहेकोमा तीन जना भने सख्त घाइते भएका छन् ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

यद्यपि, सरकारले भने सोमालियाको आतंकवादी समूह अल सबावले बिस्फोट गराएको हुन सक्ने आशंका गरेको छ । अल कायदासँग सम्बन्धित सो समूहले सोमालियामा विगत केही वर्षदेखि सरकारविरुद्ध आतंककारी हमला गर्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७