सात महिलाको हत्या गरी लाशसँग ‘सेक्स’


१ असार २०७६, आईतवार
Rape for nayapage

काठमाडौं, १ असार । संसारमा कतिसम्म क्रुर मान्छे र अपत्यारा घटना हुन सक्छन् भन्ने कुराको उदाहरण बनेको छ भारतको पश्चिम बंगालमा भएको एक घटना ।

एक ‘सिरियल किलर’ ले बिजुलीको बिल जाँच गर्ने बहानामा घर भित्र छिरेर सात महिलाको हत्या गरेका छन् । पश्चिम बंगाल प्रहरीले आइतबार एक्लै महिला भएको घरमा छिरेर हत्या गर्ने कमरुजमां सरकारलाई पक्राउ गरेको हो ।

उनले महिलाको हत्या गरी लाशसँग ‘सेक्स’ गर्ने गरेका थिए । त्यसपछि घरमा भएका बहुमूल्य सामान लिएर भाग्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । ‘द इन्डियन एक्सप्रेस’ को समाचारमा उल्लेख भएअनुसार ४८ वर्षीय कमरुजमां सरकार पेशाले स्क्र्याप ट्रेडर (कवाडी व्यापारी) हुन् । उनका ३ सन्तान छन् ।

उनी बिजुलीको मिटर चेक गर्ने बहानामा महिला घरमा एक्लै भएको समयमा जाने गर्थे । एक पीडित महिलाको अनुसार गत मार्च महिनाको दिउँसो उनी उक्त उक्त पीडित महिलाको घरमा छिरे । पति खेतमा काम गर्न गएका थिए ।

कमरुजमांले बिजुलीको बिल चेक गर्न आएको बताएपछि उक्त महिलाले उनलाई घरभित्र आउने अनुमति दिएकी थिइन् । घरभित्र पस्ने वित्तिकै उनले महिलामाथि आक्रमण गरे र स्टीलको तारले उनको घाँटी दबाउने कोसिस गरे । उनी बहोश भइन् । बेहोश भएपछि मरिसकेको ठानेर शारिरीक सम्बन्ध राख्ने कोशिस गरेपछि उनी चिच्याइन् । त्यसपछि आरोपी भागेका थिए ।

प्रहरीले गत जुन महिनादेखि नै पीडित महिलाको बयानको आधारमा बनाएको स्केचको आधारमा खोजी कार्य जारी राखेको थियो । उनी २०१३ देखि नै महिलाको हत्यामा संलग्न रहेको खुलेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७