कंगना र करणको दुुष्मनी बढ्दै


१ असार २०७६, आईतवार
kangana 1

काठमाडौं, १ असार । बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ ।

कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुष्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा पनि दिएकी थिइन् ।

योसँगै ऋतिक रोशनसँगको झगडाले पनि कंगनालाई चर्चामा ल्याइरहेको हुन्छ । उनीहरु बीचको दुष्मनी पनि पुरानो भइसक्यो । कंगना र निर्माता करण जोहरको दुष्मनी पनि पुरानो भइसक्यो । कंगनाको निशानामा करण पनि सधै पर्ने गर्दछन् । कंगनाले एक अन्तरवार्तामा करणले पैसा खुवाएर आफ्नो चलचित्रलाई नराम्रो भन्न लगाएको आरोप लगाएकी छिन् ।

चलचित्र ‘मर्णिकर्णिका’ को समयमा करणले यस्तो गरेको उनको आरोप छ । उनले भनेकी छिन्, ‘यहाँ मलाई हरेक पाइलामा लडाउन खोजिन्छ । मेरो चलचित्र ‘मर्णिकर्णिका’ को समयमा त करण जोहरको टिमले पैसा दिएर चलचित्रको बारेमा नराम्रो लेख्न लगाएका थिए ।’ कंगनाको यो कुरामा करण जोहरले कुनै उत्तर फर्काएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७