सञ्चारमाध्यमको अनर्गल प्रचारले जनतामा निरासा : मुख्यमन्त्री शाही


१ असार २०७६, आईतवार
mahendra bdr shahi

सुर्खेत, १ असार । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको अनर्गल प्रचारबाजीले जनतामा निरासा छाएको बताएका छन् ।

सिभिल बैंकको कर्णाली प्रदेश कार्यालय आज शुभारम्भ उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले नेतृत्वका विरुद्ध भ्रम सिर्जना गरी सङ्घीयता नै ठीक छैन भन्ने जनमत निर्माण गर्ने मनसायले गरिएका प्रचारबाजी बिरुद्ध सचेत रहन आग्रह गरे । मुलुकमा कानूनी शासन रहेकाले सरकारमा बस्नेले भ्रष्ट्राचार गरेको पाइए कानूनबमोजिम दण्ड हुने उनको प्रष्टोक्ति थियो ।

‘सङ्घीयतालाई असफल पार्न अनर्गल प्रचारबाजी भइरहेको छ’, उनले भने, ‘मूलतः सङ्घीय व्यवस्थाले मात्र देशको सन्तुलित विकास सम्भव छ ।’ संसारका थुप्रै देशका शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि दण्ड पाएको उदाहरण दिँदै मुख्यमन्त्री शाहीले नेपालमा पनि कानूनी राज्य भएको र गैरकानूनी काम गर्ने जो कोहीले कसुर बमोजिम सजाय भोग्नुपर्ने जिकिर गरे ।

सम्भावनाको खानी कर्णालीमा आर्थिक विकासका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनले भने, ‘उत्पादनमूलक रोजगारी सिर्जना गर्ने क्षेत्र तथा साना तथा स्वरोजगारमूलक व्यवसायमा पनि लगानी बढाउनु होस् र बैंक नाफामुखी मात्रै भएको भन्ने जनगुनासोलाई चिर्नुस् ।’

व्यवसायीको लगानी सुरक्षाको वातावरण प्रदेश सरकारले बनाउने मुख्यमन्त्री शाहीको भनाइ थियो । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले कर्णालीको आवश्यकताबमोजिम लगानी गरेर यहाँको नागरिकको आर्थिक उन्नति गर्ने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७