संसदमा शान्ता चौधरीको भावुक प्रश्न : ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ?’


१ असार २०७६, आईतवार
santa chaudhari samsad

काठमाडौं, १ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले भूमिहीन किसानको पक्षमा ल्याइएको गुठी विधेयकको अपव्याख्या भइरहेको गुनासो गरेकी छन् । विधेयकले कतै पनि धार्मिक आस्थामाथि हस्तक्षेप र प्रहार गर्न नखोजेको उनले दावी गरेकी छन् ।

प्रतिनिधिसभाको आइतवार बसेको बैठकको विशेष समयमा सांसद चौधरीले काठमाडौं उपत्यकाभित्र र बाहिरका गुठीको समस्या छुट्टाछुट्टै प्रकृतिको भएको औंल्याएकी हुन् । उनले गरीब किसानको पक्षमा बोल्न पनि प्रतिपक्षी दलका सांसदहरुलाई आग्रह गरिन् ।

‘म दाङको सांसद हुँ, दाङमा स्वर्गद्वारी गुठीको १२ सय बिघा जमिन १६ सय घरधुरीले प्रयोग गरिरहेका छन् । स्वर्गद्वारी मन्दिरलाई संरक्षण गर्ने मोही किसानको समस्या यति नाजुक छ, उनीहरूको बारेमा कोही किन बौल्दैन ?,’ उनले प्रश्न गरिन् ।

सांसद चौधरीले प्रतिपक्षी दल कांग्रेसलाई प्रश्न गरिन्, ‘भोकभोकै हलो जोत्नेको पक्षमा बोल्नै नहुने ? गरीबको पक्षमा बोल्न नहुने हो भने यस्तो गणतन्त्र कसको लागि हो ?’ संसदमा भावुक हुँदै शान्ताले थपिन्, ‘मान्छेलाई रुवाएर हाँस्ने भगवान् कहाँ हुन्छ ? गरीबका आँशु देखेर प्रतिपक्षलाई अलिकति पनि दया लागेन ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७