मल्टिप्लेक्स हलको क्रेज बढ्दो


१ असार २०७६, आईतवार
HALL 1

काठमाडौं, १ असार । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम खर्च गरेर चलचित्र हेर्न चाहन्छन् । यसैले पनि अहिले देशभर नै मल्टिप्लेक्स हलको क्रेज बढिरहेको छ ।

काठमाडौंको मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । असारको अन्तिमबाट हल सञ्चालनमा आउने बताइएको छ । मध्य बाँँनेश्वरमा रहेको ‘आइ प्लेक्स मल’ मा यो हल सञ्चालनमा आउन लागेको हो । मल्टिप्लेक्स हलको नाम ‘वान सिनेमाज’ राखिएको छ । मलकै सञ्चालकहरुले यो हल सञ्चालन गर्न लागेका हुन् ।

हल सञ्चालकमध्येका एक निर्माता प्रज्ज्वल शमशेशर राणाले भने, ‘हो हामीले ४ सय २५ क्षमताको २ पर्दा भएको मल्टिप्लेक्स हल सञ्चालन गर्दैछौ । जसमा २ सय १० र २ सय १५ सिट क्षमताका २ पर्दा छन् ।’ उनका अनुसार, हलमा डबी साउण्ड, फोरके प्रोजेक्शनको साथमा सुविधा सम्पन्न सिट छ । उनले अहिलेसम्म यस्तो आरामदायी सिट अरु हलमा नभएको दाबी समेत गरको छन् । बजारमा चलेको टिकट दरमै दर्शकले चलचित्र हेर्न पाउने छन् । सबै भाषाका चलचित्र हलमा रिलिज गर्ने उनले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७