‘प्रेम गीत ३’ भिलेनको भूमिकामा सन्तोष सेन नै


१ असार २०७६, आईतवार
Santosh Sen

काठमाडौं, १ असार । चैत २८ गतेलाई रिलिज मिति तोकेर कलाकार फाइनल गरेको चलचित्र ‘प्रेम गीत ३’ का लागी एक पछि अर्को गर्दै कलाकार फाइनल भएको खबर आइरहेका छन् ।

प्रेमका पिताको भूमिकाको लागि महानायक राजेश हमाललाई अफर गरिएको कुरा पनि बाहिरिएको छ । चलचित्रका अर्को महत्वपूर्ण भूमिका अर्थात् भिलेनको भूमिकामा सन्तोष सेन नै देखिने फाइनल भएको छ । सफल दुई सिरिजको कथाभन्दा निकै फरक कथावस्तु लिएर निर्माण गर्न लागिएको चलचित्रलाई ‘अ फर्बिडन लभ स्टोरी’ सब टाइटल दिइएको छ ।

चलचित्र हिमाली भेगको परिवेशमा छायाङ्कन गरिने निर्माण पक्षले जानकारी दिइसकेको छ । चलचित्रलाई छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्दैछन् भने सन्तोष सेन र विजय चाम्लिङ्ग मिलेर निर्माण गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७