सलमान खानले कट्रिनालाई ‘ झापट’ हानेपछि !


१ असार २०७६, आईतवार
salman katrina

काठमाडौं, १ असार । चलचित्र ‘एक था टाइगर’ को छायांकनमा नायक सलमान खानले नायिका कट्रिना कैफलाई झापड हाने । कट्रिनाले छोटो लुगा लगाएको भन्दै सलमानले उनीमाथि हात हालेका थिए । सलमानको यो व्यवहार आलोचित पनि भएको थियो ।

सलमानलाई आफू अभिनित चलचित्रमा नायिकाले छोटो लुगा लगाएको, अङ्ग प्रदर्शन गरेको मन पर्दैन । उनले चलचित्रको पर्दामा चुम्बन पनि नगर्ने बताउँदै आएका छन् । यो बिषयमा नायक सलमान खानले एक अन्तरवार्तामा आफ्नो भनाई समेत राखेका छन् । उनले भने, ‘मलाई मेरो चलचित्रकी नायिकाले अङ्ग प्रदर्शन गरेको मन पर्दैन । चलचित्रमा मैले अङ्ग प्रदर्शन गर्ने हो ।’

सलमान आफ्नो चलचित्रमा नायिका बन्न आउने जोकोहीले पनि यस कुरामा पहिला नै ध्यान दिन आवश्यक रहेको सुनाउँछन् । नायक सलमान खान भने आफ्नो चलचित्रमा टिसर्ट खोल्न माहिर छन् । कुनै न कुनै तरिकाले उनले चलचित्रको पर्दामा टिसर्ट खोल्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७