‘आप्पा’ को नयाँ गीत सार्वजनिक 


१ असार २०७६, आईतवार
aappa

काठमाडौं, १ असार । असार १३ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘आप्पा’ को नयाँ गीत ‘साउने झरी’ सार्वजनिक भएको छ ।

बाबु र छोराको सम्बन्धमा बनेको यो चलचित्रमा यस गीतले पनि बाबु छोराको प्रेम, यात्रा अनि जिन्दगीको यथार्थ बोलेको छ । आइतबार युट्युबमार्फत सार्वजनिक भएको गीतमा विज्ञान बराइलीको स्वर रहेको छ । उमेश उपमाको शब्द रचना, अनमोल गुरुङ र सैकत देवको सङ्गीत रहेको छ । गीतको भिडियोमा मुख्य कलाकार दयाहाङ राई र बाल कलाकार रोनीत सरकार फिचर्ड छन् । अ माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् ।

आप्पाका कार्यकारी निर्माता माबो हाङ हुन् भने रुदेन सादा लेप्चाले निर्माण गरेका हुन् । शैलेन्द्र डी.कार्कीको छायाङ्कन, अनमोल गुरुङ र शैकात देवको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन रहेको चलचित्रमा दयाहाङ राई, सिद्धान्तराज तामाङ र अल्लोना काबो लेप्चाका साथै वरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७