कोशी नेपाल मिडियाले ‘बेलबारी गजल महाफिल’ आयोजना गर्दै


१ असार २०७६, आईतवार
arjun

मोरङ, १ असार । कोशी नेपाल मिडियाले नेपालका चर्चित गजलकारहरुको उपस्थितिमा ‘बेलबारी गजल महाफिल–२०७६’ आयोजना गर्ने भएको छ ।

कोशी नेपाल टेलिभिजनबाट प्रशारण हुने साहित्य दीप विशेष कार्यक्रम अन्तर्गत बेलबारी गजल महाफिल आयोजना गर्न लागिएको कोशी नेपाल मिडियाका सञ्चालक अर्जुन कुलुङ राईले जानकारी गराए ।

आउँदो असार ७ गते शनिबार स्थानीय आदिवासी जनजातिको सभाहलमा हुने प्रतियोगितामा रावत, किसान प्रेमी, विराट अनुपम, सुनिता तामाङ, पुरु लम्साल, पुष्प अधिकारी ‘अञ्जली’, मधु पोख्रेल, विवश वलभद्र, अञ्जु स्मारिका, प्रमोद स्नेह, युवराज ठकुरी ‘अज्ञानी’ लगायतका गजलकार सहभागी हुनेछन् ।

यस्तै रिचा लुइटेल, टीका आत्रेय, तिला लेकाली, प्रकट पंगेनी ‘शिव’, सुन्दर कुरुपलगायतका चर्चित गजलकारहरु कार्यक्रममा सहभागी हुने सञ्चालक राईले जानकारी दिए ।

बेलबारी नगरपालिकाको सहयोग र जेवि थुलुङको सहजीकरण रहने गजल महाफिलले श्रष्टाहरुलाई एउटै मञ्चमा उभ्याउँदै नेपाली साहित्यलाई उचाई दिन सहयोग पुग्ने अपेक्षा लिइएको सञ्चालक राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७